Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, म्याग्दी

म्याग्दी
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, म्याग्दी

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

धेरै सोधिएका

तपाईँले पूर्वाधार विकास कार्यालय, म्याग्दीसँग ठेक्कापट्टामार्फत कुनै काम गर्न सम्झौता गर्नुभएको छ र सम्झौताका सर्तहरूमा मोबिलाइजेसन पेस्की दिन मिल्ने कुरा उल्लेख गरिएको रहेछ भने सोही सर्तहरू अनुसार मोबिलाइजेसन पेस्की पाउनुहुन्छ। सामान्यतया मोबिलाइजेसन पेस्की २०% हुन्छ र यो २ किस्तामा दिइन्छ। पहिलो किस्ता (१०%) प्राप्त गर्नको लागी सम्झौता सम्पन्न गरी अग्रिम भुक्तानी जमानत पेस गर्नुपर्छ। दोस्रो किस्ता (१०%) प्राप्त गर्नको लागि निर्माणस्थलमा कामदार, निर्माण सामग्री र उपकरण पुगी पूर्ण रुपमा कार्य सञ्चालन भएको हुनुपर्छ। अग्रिम भुक्तानी जमानतका साथै बिमाको कागजात, Quality Assurance Plan (गुणस्तर सुनिश्चितता योजना), संयुक्त सर्वेक्षण प्रतिवेदन (Joint Survey Report) आदि पेस भई कार्यालयबाट स्वीकृत समेत भएको हुनुपर्छ। तर ठेक्का सम्झौताको सर्तअनुसार  केही कुरा फरक पर्न पनि सक्दछ।


पछिल्लो अपडेट गरिएको : 2081-01-25 23:17:50

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, म्याग्दी

Powered By: ProActive Developers